भक्तपुर, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा अनुशीलन नेपाल र भक्तपुर बुढ्यौली साहित्य समाजको संयुक्त आयोजनामा भक्तपुरमा ‘देवकोटा विशेष रचनावाचन कार्यक्रम’ सम्पन्न भएको छ। कार्तिक २०मा आयोजित उक्त कार्यक्रममा उपस्थित स्रष्टाहरूले महाकवि देवकोटालाई सम्बोधन गर्दै आ-आफ्ना कविता वाचन गरेका थिए भने नेपाली साहित्यमा उनको अतुलनीय योगदानको स्मरणसमेत गरे।
उक्त संस्थाहरूको ३४औँ नियमित रचनावाचन शृङ्खलाको रूपमा आयोजित यस कार्यक्रम अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी र भक्तपुर बुढ्यौली साहित्य समाजका उपाध्यक्ष दीनानाथ पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा दुवै संस्थाका पदाधिकारीलगायत करिब २० जना कविहरूले आ-आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि डा. रमेश सुवेच्छुले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वबारे विशेष चर्चा गर्दै महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
महाकवि देवकोटाको जन्मजयन्तीमा विशेष रचनावाचन कार्यक्रम सम्पन्न
Previous Articleलक्ष्मी पूजाको साँझ देखिएको दृश्य


NPL Special
NPL Special
NPL Special
NPL Special