रसुवा, भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् ।
भोटेकोशी नदीमा आएको बाढीका कारण गाउँको तल्लो भागबाट तीव्र कटान हुन थालेपछि हाकुबेँसी गाउँ पूर्ण रूपमा जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताए । उनका अनुसार बाढी गएको लामो समय भइसक्दा पनि भूबनोट कमजोर भई पहिरो खस्ने क्रम जारी रहेकाले सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समुदायको लिखित माग बुझाइएको छ । बाढी र कटानका कारण गाउँमा रहेको एक विद्यालय र प्रहरी चौकी पनि सङ्कटमा परेका छन् ।
आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बाढी र पहिरोका कारण जोखिममा परेका नागरिकलाई सरकारले सुरक्षित आवासको अधिकार प्रत्याभूत गराउनुपर्ने बताउँदै जोखिमयुक्त बस्तीलाई तत्काल अन्यत्र सार्नुको विकल्प नरहेको उल्लेख गरे ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
Previous Articleमहाकवि देवकोटाको जन्मजयन्तीमा विशेष रचनावाचन कार्यक्रम सम्पन्न
Next Article इरानसँगको वार्तामा प्रगति नभएको रुबियोको भनाइ


NPL Special
NPL Special
NPL Special
NPL Special