सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ। न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतलाई यथावत् राखेको हो। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतले बिहीबार थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनकी पत्नी दोमाया पौडेलले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special