रास्वपाको केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। भरतपुरमा जारी महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा निर्वाचनमा कुल २ हजार ९५९ मत खसेको छ। सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। पार्टी विधानअनुसार ९९ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। अब पदाधिकारी निर्वाचन प्रक्रिया अघि बढ्नेछ भने मतपरिणाम करिब दुई घण्टाभित्र सार्वजनिक हुने जनाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

