काठमाडौं, मेष राशि चू, चे, चो, ला, ली, लू, ले, लो, अ
आज कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। परिवारमा खुसीको वातावरण बन्नेछ। पुराना योजनालाई अघि बढाउन सकिनेछ।
वृष राशि ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो
आज मेहनतको प्रतिफल प्राप्त हुने सम्भावना छ। व्यापारमा नयाँ सम्पर्क बढ्नेछन्। पारिवारिक जिम्मेवारी पूरा गर्नुपर्नेछ। आर्थिक योजनामा सुधार आउनेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ।
मिथुन राशि का, की, कु, घ, ङ, छ, के, को, हा
आज बोली र व्यवहारले अरूको मन जित्न सकिनेछ। अध्ययन तथा लेखन क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। आर्थिक निर्णय गर्दा हतार नगर्नुहोला। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ।
कर्कट राशि ही, हू, हे, हो, डा, डी, डू, डे, डो रोकिएका घरायसी काम पूरा गर्न सकिनेछ। आर्थिक कारोबारमा हिसाबकिताब स्पष्ट राख्नुहोला। धार्मिक तथा सामाजिक गतिविधिमा रुचि बढ्नेछ। आफन्तबाट राम्रो सल्लाह प्राप्त हुनेछ।
सिंह राशि मा, मी, मू, मे, मो, टा, टी, टू, टे
आज आफ्नो क्षमतामा विश्वास राख्नुहोला। प्रतिष्ठा र मानसम्मान बढ्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। व्यापारमा नयाँ योजना सफल बनाउन सकिनेछ।
कन्या राशि टो, पा, पी, पू, ष, ण, ठ, पे, पो
आज योजनाबद्ध कामले राम्रो परिणाम दिनेछ। रोकिएका काम अघि बढ्नेछन्। आर्थिक विषयमा सोचविचार गरेर निर्णय लिनुहोला ।
तुला राशि रा, री, रु, रे, रो, ता, ती, तू, ते
आज नयाँ व्यक्तिसँगको भेटघाट उपयोगी बन्न सक्छ। आर्थिक क्षेत्रमा सकारात्मक सम्भावना देखिनेछ। व्यापारिक काममा स्पष्टता राख्नुहोला। दाम्पत्य जीवनमा खुसी र सद्भाव बढ्नेछ।.
वृश्चिक राशि तो, ना, नी, नू, ने, नो, या, यी, यू
आज महत्वपूर्ण काममा सक्रियता बढ्नेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। नयाँ योजना बनाउन अनुकूल समय छ।
धनु राशि ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
आज धार्मिक तथा आध्यात्मिक कार्यमा मन जानेछ। नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा केही नयाँ सम्भावना
मकर राशि भो, जा, जी, खी, खू, खे, खो, गा, गी
आज कार्यक्षेत्रमा मेहनतको कदर हुनेछ। आर्थिक योजना व्यवस्थित बनाउनुहोला। व्यापारमा नयाँ सम्पर्कबाट फाइदा मिल्न सक्छ। घरपरिवारमा खुसीको वातावरण रहनेछ।
कुम्भ राशि गू, गे, गो, सा, सी, सू, से, सो, दा
आज नयाँ विचार र योजनाले प्राथमिकता पाउनेछन्। सामाजिक क्षेत्रमा मानसम्मान बढ्न सक्छ। व्यापारमा सहकार्यका अवसर प्राप्त हुनेछन्। विद्यार्थीहरूलाई अध्ययनमा उत्साह बढ्नेछ।
मीन राशि
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
आज सिर्जनात्मक क्षमता र नयाँ सोचको उपयोग गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न सकिनेछ। आर्थिक कारोबारमा स्पष्टता राख्नुहोला। परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ।
— गुरु संजिब विनोद चालिसे


NPL Special
NPL Special
NPL Special
NPL Special