काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तथा बेलायती पाउन्ड एकको खरिददर १९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ६६ पैसा तोकिएको छ।
त्यस्तै, अस्ट्रेलियन डलरको खरिददर ९९ रुपैयाँ ०९ पैसा, साउदी रियालको ३९ रुपैयाँ ५८ पैसा र कतारी रियालको ४० रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
अन्य विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special