सिन्धुपाल्चोक, हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा ‘आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्राः योगी यात्रा, आरोग्य खोजी’ कार्यक्रम सम्पन्न भएको छ ।
प्रकृति, अध्यात्म, योग, ध्यान, स्वास्थ्य तथा नेपाली मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा योग अभ्यास, ध्यान, साउन्ड हिलिङ तथा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो ।
न्यू भिजन नेपालको आयोजनामा, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागको सहयोग तथा हिमालयन वेलनेस फाउन्डेसनको सहकार्यमा सम्पन्न कार्यक्रममा ४१ जनाको सहभागिता थियो ।
कार्यक्रममा योगी अशोक शर्मा भट्टले योग अभ्यास गराएका थिए भने उनकै नेतृत्वमा साउन्ड हिलिङ तथा ध्यान सत्र सञ्चालन गरिएको थियो । कार्यक्रममा न्यू भिजन नेपालका महासचिव रूपक अर्याल र देवन श्रेष्ठले पनि योग तथा ध्यान अभ्यासमा सहभागीहरूलाई साथ दिएका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा
Previous Articleनाइजरबाट हजारौँ अरब घुमन्तेलाई देश छाड्न आदेश
Next Article रैथाने बासमती धान लोपोन्मुख अवस्थामा


NPL Special
NPL Special
NPL Special
NPL Special