उदयपुर, कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान बनाएको यहाँको रैथाने बासमती धानको खेती पछिल्लो समय घट्दै गएको छ । छोटो समयमा बढी उत्पादन दिने वर्णशङ्कर (हाइब्रिड) जातका धानप्रति कृषकको आकर्षण बढ्नु, सिँचाइ अभाव, रोगकिराको प्रकोप र उत्पादन लागत बढ्नुले परम्परागत बासमती खेती लोप हुने अवस्थामा पुगेको हो ।
विशेषगरी त्रियुगा नदीको तटीय क्षेत्रमा उत्पादन हुँदै आएको स्थानीय बासमती, करियाकामत (कालो बासमती) र चनमचुर धानको खेती क्रमशः घट्दै गएको छ । अन्य धानको तुलनामा बासमती खेती गर्न बढी समय र मेहनत लाग्ने तर उत्पादन कम हुने भएकाले कृषकले यसको खेती घटाउँदै लगेको बताएका छन् । पछिल्लो समय बासमतीको मौलिक बास्ना पनि हराउँदै गएको उनीहरूको भनाइ छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा
Next Article बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ


NPL Special
NPL Special
NPL Special
NPL Special