काठमाडौं, कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ ।
नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल अपराह्न ३ः४५ देखि दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) उत्कृष्ट पुनरागमन गर्दै छ विकेटको जित निकालेको थियो । नेपाल आज पनि सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउने योजनामा छ ।
उता एक खेलअगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान लगातार तेस्रो जित निकाल्ने सोचमा छ । उसले पहिलो खेलमा युएई र दोस्रो म्याचमा भारत ‘ए’ लाई हराएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै
Previous Articleसुनकोसी-मरिणको ठेक्का रद्दबारे लेखा समितिले माग्यो कागजात
Next Article अयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयू-कमला एक्सप्रेस’


NPL Special
NPL Special
NPL Special
NPL Special