काठमाडौं, भारतको अयोध्यादेखि नेपालको जनकपुरधाम जोड्ने नयाँ रेल सेवा ‘सरयू-कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।
सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेपछि रेल अयोध्याबाट जनकपुरका लागि प्रस्थान गरेको थियो। मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको रेलका यात्रु तथा प्रतिनिधिमण्डललाई जनकपुर रेल्वे स्टेसनमा जनकपुर उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले स्वागत गरेका थिए
करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेल सातामा एकपटक सञ्चालन हुनेछ। यसले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।




NPL Special
NPL Special
NPL Special
NPL Special