काठमाडौं, तिहारको मुख्य दिन कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। बन्चरेडाँडामा कार्यरत कर्मचारीसमेत बिदामा रहने भएकाले ती दुई दिन फोहोर व्यवस्थापन नहुने काठमाडौं महानगरपालिकाले जनाएको छ। कात्तिक २६ गतेदेखि सेवा नियमित हुनेछ। महानगरले यस अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहोर नफाल्न नगरवासीलाई आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special