दमौली, ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ । व्यास नगरपालिका-३ बिपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित बनाउन सङ्घीय सरकारबाट रु दुई करोड बजेट विनियोजन भएपछि स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो ।
खेलमैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । विनियोजित बजेटबाट मैदान व्यवस्थित गर्नुका साथै खेलाडीका लागि कपडा फेर्ने कक्ष र शौचालय निर्माण गरिनेछ ।
नगर खेलकुद समितिका अध्यक्ष एवं व्यास नगरपालिका-६ का वडाध्यक्ष जीवन गुरुङले खेलमैदान स्तरोन्नतिका लागि सङ्घीय सरकारबाट प्राप्त बजेट कार्यान्वयन प्रक्रिया अघि बढिसकेको बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसंरक्षणको अभावमा कान्तिताल


NPL Special
NPL Special
NPL Special
NPL Special