कास्की, पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पु¥याइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका-२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको मृत्यु उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।
प्रहरीले जिपका चालक पोखरा-२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुुर गुरुङलाई नियन्त्रणमा लिएको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article एनपिएल : आज दुई खेल हुँदै


NPL Special
NPL Special
NPL Special
NPL Special