गण्डकी, नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।
विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले प्राधिकरणले चार वर्षअघि सुरु गरेको आयोजनाअन्तर्गत पोखरामा आगामी वैशाखभित्र र भरतपुरमा आगामी मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए । उनका अनुसार भरतपुरको काम अन्तिम चरणमा पुगेको छ ।
पोखरामा कुल २२३ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने योजना रहेकामा हालसम्म १६५.७ किलोमिटर क्षेत्रमा तार बिछ्याइएको छ। त्यसमध्ये ५५.२ किलोमिटर क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् प्रवाहसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए । प्राधिकरणले पहिलो चरणमा पोखराका मुख्य सहरी क्षेत्र तथा पर्यटकीय आवागमन बढी हुने स्थानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न
Previous Articleटोपबहादुर रायमाझी रिहा
Next Article संरक्षणको अभावमा कान्तिताल


NPL Special
NPL Special
NPL Special
NPL Special