भोजपुर, बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले पाक्न नपाउँदै हरियो मस्याङ काटेर भित्र्याउन थालेका छन्। धानसँगै खेतको आलीमा लगाएको मस्याङ बाँदरबाट जोगाउन नसकेपछि किसान समयअगावै बाली काट्न बाध्य भएका हुन्। सामान्यतया कोसा सुकेपछि मात्र काटेर भण्डारण गरिने मस्याङ अपरिपक्व अवस्थामै काट्नुपर्दा दाना नपाक्ने, तौल घट्ने र गुणस्तरमा असर पर्ने किसानको चिन्ता छ। धानसँगै मस्याङ खेती गरेर अतिरिक्त आम्दानी गर्ने किसान बाँदरको उपद्रोका कारण आर्थिक नोक्सानी बेहोर्न बाध्य भएका छन्। स्थानीय बजारमा मस्याङ प्रतिकिलो १८० देखि २०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रधानमन्त्री शाहद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली
Next Article हैदरावाद हाउसमा प्रधानमन्त्री शाह (तस्बिरहरू)


NPL Special
NPL Special
NPL Special
NPL Special