काठमाडौं, एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार घोषित नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, इशान पाण्डे, राशिद खान र देव खनालले पनि अवसर पाएका छन् ।
एसिया कप राइजिङ स्टार्स प्रतियोगिता यही नोभेम्बर १९ देखि कतारमा आयोजना हुँदैछ । नेपालले समूह चरणमा नोभेम्बर २०मा भारत, नोभेम्बर २२ मा युनाइटेड अरब इमिरेट्स (युएई) तथा नोभेम्बर २४ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपहिरोले रोकिएको बेनीको खानेपानी आपूर्ति डेढ महिनापछि सुचारु
Next Article कावासोतीमा बस पल्टिँदा २५ जना घाइते


NPL Special
NPL Special
NPL Special
NPL Special