काठमाडौं, सुनसरीमा तीनवटा सवारीसाधन एकआपसमा जुध्दा एक सात वर्षीया बालिकाको मृत्यु भएको छ । बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको स्कुटर र साइकल एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो। सोही दुर्घटनामा परी अन्य पाँचजना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको छ । प्रहरीका अनुसार सडकमा गुडिरहेका तीनवटा सवारी साधन एकापसमा ठोक्किँदा यो घटना घटेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special