काठमाडौं, नेपालको पहिलो जलविद्युत् केन्द्र रहेको काठमाडौँको फर्पिङलाई ‘हाइड्रो हेरिटेज’ पर्यटन गन्तव्यका रूपमा विकास गर्ने तयारी गरिएको छ । दक्षिणकाली नगरपालिकाले फर्पिङ जलविद्युत् केन्द्रसँगै शेषनारायण मन्दिर, असुर गुफा, बौद्ध गुम्बा र दक्षिणकाली मन्दिरलाई जोडेर ऐतिहासिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न लागेको हो । नगरपालिकाका प्रमुख मोहन बस्नेतका अनुसार अहिले क्षेत्रको म्यापिङ भइरहेको छ । विसं १९६८ जेठ ९ गते उद्घाटन भएको ५०० किलोवाट क्षमताको चन्द्रज्योति विद्युत् गृह नेपालको पहिलो जलविद्युत् आयोजना हो । यसलाई संरक्षण र प्रवर्द्धन गरी फर्पिङलाई हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य बनाउने लक्ष्य राखिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special