मेष
(चु, चे, चो, ला, ली, लू, ले, लो, अ)
आज नयाँ काम गर्ने उत्साह बढ्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी थपिन सक्छ। आर्थिक कारोबारमा सोचविचार गर्नुहोला। परिवारमा सुखद वातावरण रहनेछ। विद्यार्थीका लागि अध्ययनमा प्रगति हुने दिन छ।
वृष
(ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आज रोकिएका कामले गति लिनेछन्। व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछ। पारिवारिक सल्लाहबाट फाइदा पुग्नेछ। आर्थिक विषयमा दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ।
मिथुन
(का, की, कु, घ, ङ, छ, के, को, हा)
आज बोली र व्यवहारले अरूको विश्वास जित्न सकिनेछ। नयाँ सम्पर्कबाट उपयोगी जानकारी प्राप्त हुनेछ। अध्ययन तथा लेखनमा रुचि बढ्नेछ। काममा हतार नगरी अघि बढ्नुहोला।
कर्कट
(ही, हु, हे, हो, डा, डी, डू, डे, डो)
आज पारिवारिक जिम्मेवारी पूरा गर्नुपर्नेछ। घरायसी काममा व्यस्तता बढ्न सक्छ। आर्थिक कारोबारमा खर्चको हिसाब राख्नुहोला। धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
सिंह
(मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आज मानसम्मान र प्रतिष्ठा बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ। नयाँ योजनामा काम गर्ने उत्साह बढ्नेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ।
कन्या
(टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज योजनाबद्ध तरिकाले काम गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। पुराना अधुरा काम पूरा गर्न सकिनेछ। आर्थिक विषयमा सावधानी अपनाउनुहोला। विद्यार्थीका लागि मेहनत गर्ने अनुकूल समय छ।
तुला
(रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आज चन्द्रमा आफ्नै राशिमा रहने भएकाले आत्मविश्वास बढ्ने संकेत छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। आर्थिक तथा पारिवारिक विषयमा सकारात्मक परिणाम प्राप्त हुन सक्छ।
वृश्चिक
(तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज गोप्य योजना र व्यक्तिगत काममा ध्यान केन्द्रित हुनेछ। अनावश्यक विवादबाट टाढा रहनुहोला। आर्थिक कारोबारमा स्पष्टता राख्नु राम्रो हुनेछ। परिवारका सदस्यसँग समय बिताउने अवसर मिल्नेछ। आर्थिक पक्ष मध्यम छ।
धनु
(ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आज साथीभाइ तथा सहकर्मीबाट सहयोग प्राप्त हुनेछ। नयाँ कामको योजना बनाउन सकिनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा उत्साह बढ्नेछ।
मकर
(भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आज कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। मेहनत र अनुशासनले सफलता दिलाउनेछ। आर्थिक योजनालाई व्यवस्थित बनाउनुहोला। घरपरिवारमा आफ्नो व्यवहारले सबैको मन जित्न सकिनेछ।
कुम्भ
(गु, गे, गो, सा, सी, सू, से, सो, दा)
आज नयाँ ज्ञान र अनुभव प्राप्त गर्ने अवसर मिल्नेछ। धार्मिक तथा आध्यात्मिक विषयमा रुचि बढ्नेछ। व्यापारमा नयाँ सम्पर्क बन्न सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ।
मीन
(दी दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज आत्मविश्वास र रचनात्मक क्षमता बढ्नेछ। कार्यक्षेत्रमा महत्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ। आर्थिक कारोबारमा हतार नगर्नुहोला। परिवारको सहयोगले मन प्रसन्न रहनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
— गुरु संजिब विनोद चालिसे


NPL Special
NPL Special
NPL Special
NPL Special