काठमाडौं, राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ ।
कार्यालयले कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रशोधन पूरा गरेको हो । बाँकी बागमती प्रदेशका प्रतिष्ठानको तथ्याङ्क प्रशोधन कार्य भइरहेको गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार प्रशोधन गरिएका करिब ११ लाख व्यावसायिक प्रतिष्ठानका विवरणमा रहेका त्रुटि, दोहोरिएका विवरण तथा अङ्कगत असङ्गति सच्याएर तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्ने काम भइरहेको छ ।
आर्थिक गणनामा कूल १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटिएका थिए । गत वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गरिएको गणनामा सङ्कलित विवरणलाई सही, विश्वसनीय र उपयोगी बनाउन लगत प्रशोधनका विभिन्न चरण पूरा गरिँदै छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’


NPL Special
NPL Special
NPL Special
NPL Special