रसुवा, गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित भएका रसुवाको टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।
विस्थापित ६८ घरधुरीमध्ये ४८ जना स्थानीयवासी यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौँमा बस्न नसकेपछि गाउँ फर्किएका हुन् ।
स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीका प्रतिनिधित्व गर्दै ४८ जना गाउँ फर्किएका छन् । आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले गाउँ फर्किएको उनले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article काठमाडौँलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै


NPL Special
NPL Special
NPL Special
NPL Special