लमजुङ बेँसीसहर नगरपालिका-३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै सङ्कल्प गरिन्छ ।
“पहिले राजाको भलो होस्, राम्रो होस् भनेर सङ्कल्प गरिन्थ्यो । अहिले देशका जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्ने गरिएको छ”, उनले बताए ।
समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । यहाँ कालिका भगवतीको आराधनासँगै विभिन्न देवीदेवताको नाम पुकारेर पूजा गर्ने परम्परा छ ।


