काठमाडौं, सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले दुवै पक्षको बहस सुनेपछि यस्तो आदेश दिएको हो।
अदालतको आदेशसँगै सरकारबाट आईजीपी नियुक्त भएका मनोज केसीलाई मुद्दाको अन्तिम फैसला नआएसम्म जिम्मेवारी सम्हाल्न बाटो खुलेको छ।
सरकारले कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। उक्त निर्णय गैरकानुनी भएको दाबीसहित कार्की कात्तिक २० गते सर्वोच्च पुगेका थिए। अब नियुक्तिसम्बन्धी विवादको अन्तिम टुंगो अदालतको फैसलाबाट लाग्नेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special