हुम्ला, हुम्लाको सर्केगाड गाउँपालिका-१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु दुई लाख १७ हजार ५७५ माध्यमिक तहका कक्षा सञ्चालनमा खर्च गर्ने भएको छ ।
विद्यालयको शैक्षिक विकास तथा माध्यमिक तहका कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजित देउसीभैलो कार्यक्रमबाट जैर, छिडीनात्ता, लुम र तुम्च क्षेत्रका स्थानीयवासी तथा सहयोगदाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक मदन बुढाले राससलाई बताए । उक्त रकम माध्यमिक तहका कक्षा सञ्चालन तथा शिक्षक व्यवस्थापनमा खर्च गरिनेछ । विद्यालयको शैक्षिक उन्नति र माध्यमिक तह सञ्चालनका लागि उनले थप सहयोग गर्न जिल्लाका सबैमा आग्रह गरेका छन् ।
अभिभावकको मागअनुसार विद्यालयले गत फागुनदेखि कक्षा ९ र १० सञ्चालन गर्दै आएको अध्यक्ष शाहीले बताए । माध्यमिक तहको पठनपाठनलाई निरन्तरता दिन देउसीभैलो कार्यक्रम आयोजना गरिएको उहाँले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
देउसीभैलो खेलेर जुटाइयो विद्यालयमा कक्षा ९ र १० चलाउने खर्च
Previous Articleसवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते


NPL Special
NPL Special
NPL Special
NPL Special