काठमाडौं, विश्वका ७० प्रतिशत देशमा बहुप्रकोपीय पूर्वसूचना प्रणाली विस्तार भए पनि विपद्को उच्च जोखिममा रहेका मुलुक र समुदाय अझै प्रभावकारी चेतावनीको पहुँचबाट टाढा रहेको पाइएको छ ।
पूर्वसूचना प्रणालीको विस्तारले विपद्बाट हुने मानवीय क्षति घटाउन सहयोग पु¥याए पनि जोखिममा रहेका समुदायसम्म यसको पहुँच सुनिश्चित गर्न चुनौती कायमै रहेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले देखाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडीआरआर) र विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले सार्वजनिक गरेको ‘ग्लोबल स्टाटस अफ मल्टी हाजार्ड अर्ली वार्निङ सिस्टम्स २०२६’ प्रतिवेदनले यस्तो देखाएको हो ।
गत सोमबारदेखि टर्कीको एन्टाल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप-३१) का अवसरमा सार्वजनिक प्रतिवेदनले पूर्वसूचनालाई समुदायसम्म पु¥याउन र समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । प्रतिवेदनअनुसार बहुप्रकोपीय पूर्वसूचना प्रणालीको क्षमता रहेको प्रतिवेदन गर्ने देशको सङ्ख्या १३६ पुगेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम
Previous Articleमुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण
Next Article हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान


NPL Special
NPL Special
NPL Special
NPL Special