म्याग्दी, म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन् । बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेँडाबाख्राको सुरक्षाका लागि ‘भोटे कुकुर’ पालेका हुन् ।
“घना जङ्गल, अग्ला पहाड र विकट भूगोलमा महिनौँसम्म गोठमा बसेर भेँडाबाख्रा पालन गर्ने किसानका लागि कुकुर घरपालुवा जनावरमात्र होइन, भरपर्दो साथी र सुरक्षाकर्मी पनि हो”, छन्त्यालले भने, “सयौँको सङ्ख्यामा रहेका पशुचौपायाको हेरचाहदेखि जङ्गली जनावरको आक्रमणबाट जोगाउनसम्म कुकुरले गोठालालाई सघाउँदै आएका छन् ।”
म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका घुम्ती गोठमा पशुपालन गर्ने किसानका लागि कुकुर अनिवार्य सहयोगी बनेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleतिहार बिदामा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि
Next Article कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती


NPL Special
NPL Special
NPL Special
NPL Special