काठमाडौं, साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीले रोकेपछि मङ्गलबार बिहान राजधानीमा विस्फोटका आवाज सुनिएका छन् । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित समूहले प्रहार गरेको क्षेप्यास्त्र नष्ट गरेको जनाएको छ ।
एएफपीका पत्रकारहरूले राजधानीमा लगातार विस्फोटका आवाज सुनेका थिए । त्यसपछि स्थानीय बासिन्दाले मोबाइल फोनमा हवाई आक्रमणको जोखिम रहेको भन्दै सुरक्षित स्थानमा आश्रय लिन निर्देशन दिइएका सन्देश प्राप्त गरेका थिए ।
साउदी नेतृत्वको गठबन्धनले सामाजिक सञ्जाल एक्समार्फत आतङ्कवादी हुथी समूहले रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीले रोकेर नष्ट गरेको जनाएको छ । साउदी नागरिक सुरक्षा निकायले भने पछिल्लो सन्देशमार्फत तत्कालको खतरा टरेको जानकारी दिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special