साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान उक्त जानकारी दिएका हुन्।
घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृत्यु हुनेमा चार जना साउदी नागरिक र आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी मृतकमध्ये बंगलादेशका दुई जना तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना छन्। साउदी नेतृत्वको गठबन्धनले आक्रमणका लागि छिमेकी यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीलाई जिम्मेवार ठहर गरेको छ।


