राम्रो रोजगारी र बढी आम्दानीको प्रलोभनमा कम्बोडिया पुगेका २१ जना नेपाली उद्धार भएका छन्। उनीहरू अवैध अनलाइन स्क्याम र क्यासिनोमा जबर्जस्ती काममा लागेका थिए। बैंककस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र एनआरएनएको सहजीकरणमा शुक्रबार स्वदेश फर्काइएको हो। दूतावासले भिसा अवधि सकिएपछि लुकी बस्न बाध्य अन्य नेपालीको खोजी र उद्धार प्रयास निरन्तर जारी रहेको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


