नेपाली बजारमा आज (आइतबार) सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ मा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य पनि घटेको छ।चाँदी पनि प्रतितोला ६० रुपैयाँ घटेर ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

