रुपन्देहीको तिलोत्तमामा १० वर्षीया बालिका अपहरण गरेको आरोपमा प्रहरीले युवकलाई गोली हानेर पक्राउ गरेको छ । तिलोत्तमा-१७ दरखसवाका २७ वर्षीय युवराज थारु ‘विशाल’लाई शनिबार राति नियन्त्रणमा लिइएको हो । पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गरेपछि एक राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।
खुट्टामा गोली लागेका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा अपहरणमा परेकी बालिकाको शुक्रबार सकुशल उद्धार गरिएको थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special