फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा आइतबार बेलुकासम्म एक हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेको फ्रान्सका गृहमन्त्री लरेन्टनुनेजले बताएका छन् ।
प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
पेरिस, मार्से, लियोन, बोर्डो लगायतका फ्रान्सेली सहरमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । अमेरिका-इरान द्वन्द्वका कारण बढेको मुद्रास्फीतिको विरोधमा भएका ठूला प्रदर्शनका क्रममा यी घटना भएका हुन्।
यसअघि फ्रान्सका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले कक्षाकोठाको दयनीय अवस्थाको विरोधमा चार सातासम्म प्रदर्शन गरेका थिए । तीमध्ये केही प्रदर्शनसमेत हिंसात्मक बनेका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा १८०० भन्दाबढी पक्राउ
Previous Articleमङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन


