मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
यसवर्षको चाडपर्व प्राकृतिक विपत्ति र बाढीपहिरोका कारण प्रभावित भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले घरबास गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य बाढीपहिरो पीडितको आँसु पुछ्नु र जीवन सामान्य बनाउन हातेमालो गर्नु सबैको दायित्व भएकामा जोड दिएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबलिउड अभिनेता टाइगर श्रफको कारमाथि गोली प्रहार: लरेन्स बिश्नोई ग्याङले लियो जिम्मेवारी
Next Article सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई घाइते


