बलिउड अभिनेता टाइगर श्राफ मुम्बईको जुहुमा आइतबार साँझ भएको गोलीकाण्डमा सकुशल रहेका छन्। जुहुस्थित पुष्पा पार्क नजिकै मोटरसाइकलमा आएका तीन अज्ञात व्यक्तिले उनको कारमाथि ३-४ राउन्ड गोली प्रहार गरेका थिए। आक्रमणमा अभिनेता सुरक्षित रहे पनि उनका चालक फिरदौस र एक अटो चालक घाइते भएका छन्।
घटनाको केही समयपछि कुख्यात लरेन्स बिश्नोई ग्याङले आक्रमणको जिम्मेवारी लिँदै सलमान खानसँग काम गर्ने जोकोहीलाई निशाना बनाउने धम्की दिएको छ। महाराष्ट्र सरकारको निर्देशनमा मुम्बई प्रहरीले १५ वटा टोली गठन गरी एक जना संदिग्धलाई नियन्त्रणमा लिएको छ। चालक फिरदौसको नानावती अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बलिउड अभिनेता टाइगर श्रफको कारमाथि गोली प्रहार: लरेन्स बिश्नोई ग्याङले लियो जिम्मेवारी
Next Article पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैँको शुभकामना


