हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका-२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ ।
खातुनसँगै पदयात्रामा रहेका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन् । उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचोरीका गरगहनासहित महिला पक्राउ
Next Article केन्याली धर्मगुरु म्याकेन्जी १९१ हत्यामा दोषी


