बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको आरोपमा तीनजनालाई भारतको राजस्थानस्थित कोटाबाट पक्राउ गरिएको छ। भारतीय प्रहरीका अनुसार उनीहरू दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा थिए। घटनामा श्राफका चालक फिरदौस र एक प्रशंसक घाइते भएका छन् भने अभिनेता सुरक्षित छन्। पक्राउ परेकाहरूबाट हतियार बरामद भएको छैन। गोली प्रहारको उद्देश्य र घटनामा उनीहरूको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


