काठमाडौं, सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। न्यायपरिषद्ले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो। उनीहरूविरुद्ध १३ वटा उजुरी परेका थिए। शुक्रबार र शनिबार सुनुवाइ तथा उजुरीमाथि छलफलपछि समितिले नाम अनुमोदन गरेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special