काठमाडौं, चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक २२ गतेसम्म सरकारले कुल बजेटको २३.११ प्रतिशत खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमध्ये चार खर्ब ९० अर्ब ९८ करोड रुपैयाँ खर्च गरेको हो। अघिल्लो वर्षको सोही अवधिमा बजेट खर्च २२.१२ प्रतिशत थियो। चालु खर्च २७.२५ प्रतिशत पुगे पनि पुँजीगत खर्च ७.५२ प्रतिशतमा सीमित छ। वित्तीय व्यवस्थातर्फ २६.५८ प्रतिशत खर्च भएको छ। यस अवधिमा सरकारले तीन खर्ब ६६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २७.३६ प्रतिशत बढी हो। अनुदान प्राप्तिसमेत बढेर आठ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special