भद्रपुर, पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा रु ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को असोजमा भने रु २४ करोड ७४ लाख नौ हजार रुपैयाँ बराबरको नौ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो । यसरी एक वर्षको अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढी र निर्यातबाट प्राप्त आम्दानी करिब दोब्बर भएको छ । काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य रहेको छ । मेची भन्सार कार्यालयका अनुसार गत असोजमा रु ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची र रु ४४ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleघोप्टेभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी नै सुचारु


NPL Special
NPL Special
NPL Special
NPL Special