काठमाडौं, मकवानपुरको भीमफेदी-६ चिसापानीगढीमा बिहीबार बिहान भएको ईभी हाइस दुर्घटनामा ज्यान गुमाउने १४ जनाकै पहिचान खुलेको छ। मृतकमध्ये चालक सर्लाहीको कविलासी गाउँपालिका-८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डल छन्। उनीबाहेक अन्य १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोलका बासिन्दा हुन्।
मृत्यु हुनेमा बालबालिकासमेत छन्। उनीहरूमध्ये एकै परिवारका आमा र तीन छोरी तथा एक दम्पतीसमेत रहेको बताइएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो। गाडीमा चालकसहित २० जना सवार थिए।
दुर्घटनामा ६ जना घाइते भएका थिए। उनीहरूमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि काठमाडौँ र भरतपुरका अस्पतालमा पठाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भीमफेदी दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो, १३ जना एउटै गाउँका
Previous Articleटर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
Next Article सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते


NPL Special
NPL Special
NPL Special
NPL Special