काठमाडौं, अमेरिकी प्रविधि कम्पनी एनभिडियाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको कम्पनीकै अर्की महिला कर्मचारीसँग पनि अन्तरङ्ग सम्बन्ध रहेको तथ्य बाहिरिएको छ। विषयबारे जानकार दुई स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले यो जानकारी सार्वजनिक गरेको हो। यद्यपि, ती कर्मचारीको नाम भने गोप्य राखिएको छ।
यसअघि नै दुई महिलासँगको विवाहेत्तर सम्बन्धका कारण विवादमा तानिएका ६३ वर्षीय ह्वाङले बिहीबार कम्पनीको अध्यक्ष, सीईओ र सञ्चालक समिति सदस्यको पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएका थिए। सन् १९९३ मा एनभिडियाको सह-स्थापना गरी ३३ वर्षसम्म नेतृत्व सम्हालेका ह्वाङको यसअघिका सम्बन्धमध्ये एक जना चिनियाँ जासुस भएको आशङ्का गरिएकी सिङ्गापुरस्थित ‘मेगास्पिड’ की पूर्वकार्यकारी एलिस ह्वाङ थिइन्। त्यस्तै, अर्की महिला एनभिडियाकै स्वास्थ्य सेवा विभागकी उपाध्यक्ष किम्बर्ली पावेल रहेको ‘द न्युयोर्क टाइम्स’ ले जनाएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एनभिडियाका निवर्तमान प्रमुख ह्वाङको अर्की कर्मचारीसँग पनि सम्बन्ध रहेको खुलासा
Previous Articleदेउसीभैलो खेलेर जुटाइयो विद्यालयमा कक्षा ९ र १० चलाउने खर्च
Next Article विपद्मा परेकालाई सघाउन अक्षयकोष


NPL Special
NPL Special
NPL Special
NPL Special