काठमाडौं, उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ ।
बिहीबार राति गिलगिट-बाल्टिस्तान क्षेत्रमा चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद अफजलले बताए ।
उद्धारकर्ताहरूले शुक्रबार सम्म खोजी र उद्धार अभियान जारी रहेको र भ्यानमा सवार ११ जनाको शव र तीन घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताएका छन् । क्षेत्रीय मुख्यमन्त्री अमजद हुसेनले विज्ञप्ति जारी गर्दै उक्त सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने घाइतेहरूलाई आवाश्यक औषधि उपचार सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिएको जनाइएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
उत्तरी पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जनाको मृत्यु
Next Article तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य


NPL Special
NPL Special
NPL Special
NPL Special