नवलपुर, नारायणी नदीकिनारामा लागुऔषधको प्रयोग कर्ता (दुर्व्यसनी) हरु बढेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण बन्दै गएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुर्व्यसनी बढ्दै गएपछि स्थानीयमा चिन्ता बढेको हो । नारायणी नदीको दृश्यावलोकनका लागि मध्यविन्दु-३ स्थित नारायणी नदीकिनारलाई अन्यत्रबाट आउने व्यक्तिले लागुपदार्थ दुव्र्यसनीको अखडा जमाउँदै गएको स्थानीय भरत श्रेष्ठले बताए ।
गाउँ बाहिरका मानिस यहाँ आउने र नदी किनारमा सवारीसाधन पार्किङ गरी किनारमा रहेको खरको झाडीमा गएर गाँजालगायतका लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने गरेको श्रेष्ठले बताए । स्थानीय कविता पौडेलले नदी किनारमा केटाकेटी लिएर जान पनि डर हुने गरेको गुनासो गरे ।
अन्यत्रबाट आउने मान्छेले ल्याएका खानेकुरा तथा प्लास्टिकका सामान नदी किनारमा छरपस्टै फालिएकाले नदी प्रदूषित बढेको छ । जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सदस्य राजु अर्यालले किशोरावस्थाका युवालाई दुर्व्यसनी मा नलाग्न गरिएको अनुरोध सुनुवाइ नभएकोमा चिन्ता व्यक्त गरे ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Article‘आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री
Next Article एनपीएल: काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने


NPL Special
NPL Special
NPL Special
NPL Special