काठमाडौं, छठ पर्वमा व्रतालुले चार दिनसम्म विभिन्न धार्मिक विधि अपनाएर सूर्यदेवको आराधना गर्ने गर्छन्। कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने व्रतमा पहिलो दिन स्नान गरी एक छाक मात्र खाने गरिन्छ। दोस्रो दिन अर्थात् पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर प्रसादका रूपमा खाने र नुन नखाई एक छाक फलाहार गर्ने चलन छ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए । यस दिन रातभर जाग्राम बसेर भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन हुन्छ।
केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ त्यागेर सात्विक भोजन गर्ने गर्छन्। कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छालासम्बन्धी रोग नलाग्ने धार्मिक विश्वास रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleखगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक


NPL Special
NPL Special
NPL Special
NPL Special