काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आज (आइतबार) दिउँसो १२:३० बजे सुरु हुन लागेको खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा कर्णाली याक्सका कप्तान डेभिड मिलरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। कर्णालीको यो निर्णयसँगै चितवन राइनोजले सुरुमा बलिङको निम्तो पाएको छ।
जारी एनपीएल प्रतियोगिताको यो २७औँ खेल हो। प्रतियोगिताको लिग चरण अन्तिमतिर पुग्दै गर्दा प्लेअफ समीकरणका हिसाबले आजको भिडन्त दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special