काठमाडौं, इङ्ल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई अपराधको दायराबाट हटाउने ऐतिहासिक कानुनी व्यवस्था लागू भएसँगै उनीहरूलाई यस्तो माफी दिइएको हो ।
गत वर्ष सांसदहरूले पारित गरेको नयाँ कानुनअनुसार अब महिलाले गर्भावस्थाको जुनसुकै चरणमा गर्भपतन गराए पनि त्यसलाई फौजदारी अपराध मानिने छैन ।
बेलायतको न्याय मन्त्रालयले विज्ञप्ति जारी गर्दै गर्भावस्थासँग सम्बन्धित गर्भपतनको कसुरमा यसअघि दोषी ठहरिएका वा चेतावनी पाएका महिलाहरूलाई स्वतः माफी दिइएको जनाएको छ ।
सन् २०२५ जुनमा सांसदहरूले इङ्ल्यान्ड र वेल्समा आफ्नै गर्भावस्था अन्त्य गरेको अभियोगमा महिलामाथि फौजदारी मुद्दा चलाउने व्यवस्था हटाउने पक्षमा मतदान गरेका थिए । यसअघि २४ हप्तापछि वा आवश्यक चिकित्सकीय स्वीकृतिबिना गर्भपतन गराउने महिलाले फौजदारी अभियोग सामना गर्नुपर्ने व्यवस्था थियो ।
इङ्ल्यान्ड र वेल्समा आधिकारिक स्वास्थ्य सेवा प्रदायकमार्फत २४ हप्तासम्म गर्भपतन गराउन कानुनी अनुमति छ । त्यसपछि भने आमाको ज्यान जोखिममा पर्ने लगायतका सीमित परिस्थितिमा मात्र गर्भपतन गर्न पाइन्छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
Next Article एजेन्ट ००७: रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड घोषित


NPL Special
NPL Special
NPL Special
NPL Special