काठमाडौं, जंक फुड तथा चिनीको मात्रा बढी भएका पेय पदार्थको अत्यधिक सेवनले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य, बौद्धिक क्षमता तथा शैक्षिक उपलब्धिमा नकारात्मक असर पार्ने एक नयाँ अध्ययनले देखाएको छ ।
अस्ट्रेलियामा गरिएको अनुसन्धानले अस्वस्थ खानपान र बालबालिकाको मानसिक स्वास्थ्य तथा शैक्षिक प्रदर्शनबीच सम्बन्ध रहेको देखाएको हो । अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त निष्कर्ष अस्ट्रेलियामा गरिएका १७ वटा अध्ययनको व्यवस्थित समीक्षामा आधारित छ ।
‘करन्ट न्युट्रिसन रिपोट्र्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित उक्त अनुसन्धानका अनुसार जंक फुड तथा चिनीजन्य पेय पदार्थको बढी सेवन बालबालिकाको मानसिक स्वास्थ्य र विद्यालयमा उनीहरूको शैक्षिक प्रदर्शनसँग सम्बन्धित छ । बाल्यकाल र किशोरावस्था शारीरिक तथा मानसिक विकासका महत्त्वपूर्ण चरण भएकाले यस समयमा सन्तुलित र पोषणयुक्त आहार आवश्यक हुने अध्ययनले औँल्याएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको मानसिक स्वास्थ्य र पढाइमा असर
Previous Articleएनपिएलमा आज चितवन र सुदूरपश्चिमबीच दोस्रो क्वालिफायर
Next Article स्वायत्त हतियारमा मानवीय नियन्त्रणको माग


NPL Special
NPL Special
NPL Special
NPL Special