गण्डकी, राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको अनुगमनका सिलसिलामा गण्डकी प्रदेश आइपुगेको छ ।
उक्त टोलीले यस प्रदेशका पर्वत, म्याग्दी, बागलुङलगायत कालीगण्डकी करिडोर अन्तर्गतका विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गर्ने समितिका सभापति कृष्णप्रसाद पौडेलले बताए।
“विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनसँगै सम्बन्धित ठाउँका स्थानीय तहका जनप्रतिनिधिलगायत नागरिकसँग छलफल तथा अन्तरक्रिया गरी विपद्ले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्छौं”, उनले भने, “विपद्पछिको पुन:स्थापना र पुन:निर्माणको स्पष्ट मार्गचित्र बनाई सरकारलाई सघाउने उद्देश्यले संसदीय विशेष समिति गठन गरिएको हो ।”
विपद् प्रभावित क्षेत्रका नागरिकका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने कार्यजिम्मेवारी पनि समितिको रहेको सभापति पौडेलले बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको अनुगमनमा
Previous Articleविगतको निर्वाचनको समीक्षा कार्यान्वयन गर्न बादलको जोड
Next Article पाँच दिनमा सुन तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो


NPL Special
NPL Special
NPL Special
NPL Special