काठमाडौं, नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग छ खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो । भ्रमणका क्रममा नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ । त्यसपछि जुन ३ मा इङ्ल्यान्डको ऐतिहासिक क्रिकेट मैदान लड्र्समा बङ्गलादेशसँग टी-२० अन्तरराष्ट्रिय खेल खेल्नेछ ।
नेपालले जुन ६ मा आयरल्यान्डसँग एकदिवसीय तथा जुन ९, ११ र १२ मा सोही टोलीसँग तीन टी-२० अन्तरराष्ट्रिय खेल खेल्ने क्यानले जनाएको छ ।
मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)को सहकार्यमा हुन लागेको भ्रमणलाई नेपाल र एमसिसीबीच पछिल्ला वर्षमा विकसित हुँदै गएको घनिष्ठ सम्बन्धको उदाहरणका रूपमा लिइएको छ । दुवै संस्थाले नेपालमा क्रिकेटको विकास, युवा खेलाडीलाई अवसर प्रदान तथा अन्तरराष्ट्रिय साझेदारी विस्तारका क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने
Previous Articleभोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत
Next Article मन्त्रिपरिषद् बैठक बस्दै


NPL Special
NPL Special
NPL Special
NPL Special