काठमाडौं, भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले महात्मा गान्धीको जीवन, आदर्श र योगदानको स्मरण गर्दै सत्य, शान्ति तथा अहिंसाका सिद्धान्तप्रति प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नयाँ दिल्लीस्थित राजघाट पुगेर गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
सो अवसरमा उनले आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्।



NPL Special
NPL Special
NPL Special
NPL Special